जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • उदयपुर सिमेन्ट उद्योगले ३ अर्ब ३८ करोड ५९ लाखको आईपीओ निष्कासन गर्दै

उदयपुर सिमेन्ट उद्योगले ३ अर्ब ३८ करोड ५९ लाखको आईपीओ निष्कासन गर्दै

उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको हो ।

उद्योगको नाममा रहेको ऋणको साँवा रकम १ अर्ब ७२ करोड ५० लाख र ब्याज रकम १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ समेत गरी ३ अर्ब ३८ करोड ५९लाख २० हजार २ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ ।

उद्योगको जेठ ३० गते, आइतबार सम्पन्न साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । उद्योगले साधारण सेयर निष्कासन गरी नेपाल सरकारलाई तिर्नुपर्ने साँवा–ब्याज रकम राफसाफ गर्ने योजना गरेको छ ।

त्यसैगरी उद्योगको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ । उद्योगको १४ आर्थिक वर्षयता हुन नसकेको साधारणसभा एकैपटक सम्पन्न गरेको हो ।

4880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका