जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सूर्या लाइफका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा ३५% ब्याज छुट पाउने

सूर्या लाइफका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा ३५% ब्याज छुट पाउने

सूर्या लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा ३५ प्रतिशत ब्याज छुट पाउने भएका छन् ।

कम्पनीका अनुसार बीमितहरूले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा ३५ प्रतिशत ब्याज छुट पाउने भएका हुन् ।

कम्पनीकाअनुसार यो छुट २०७९ बैशाख २१ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म मात्रै लागू हुने छ ।

कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला भएका बीमितहरूलाई छुको योजना ल्याएको हो ।

कम्पनीकाअनुसार सन २०२२ मा परिपक्व हुने बीमालेखमा भने यो छुट लागू हुने छैन ।

यो सुविधा अन्तर्गत एक पटक ब्याज छुट लिई सकेका बीमितहरूलाई बीमा अवधिभरी पुनः छुट नदिइने कम्पनीले जनाएको छ ।

3740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका