जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु इन्स्योरेन्सको साधारणसभा चैत ३० मा

प्रभु इन्स्योरेन्सको साधारणसभा चैत ३० मा

प्रभु इन्स्योरेन्सले सेयरधनीलाई ११.५८ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले आगामी चैत ३० गते २६ औं वार्षिक साधारणसभा गर्दैछ, जसमा लाभांश प्रस्ताव पेस हुनेछ। 

कम्पनीले सभा तिनकुनेस्थित प्रभु कम्प्लेक्समा गर्दैछ। गत आर्थिक वर्षका लागि इन्स्योरेन्सले प्रस्ताव गरेको ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत नगद लाभांश २६ औं वार्षिक साधारण सभामार्फत अनुमोदन हुनेछ।   

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गते एक दिन सेयर दाखिला खारेज(बुक क्लोज) गर्ने छ। जस अनुसार चैत १६ गतेका दिनसम्म कायम सेयरधनीहरू मात्र प्रस्तावित लाभांश र वार्षिक साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

5315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका