जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद नाफा २३ प्रतिशत धेरैले वृद्धि !

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद नाफा २३ प्रतिशत धेरैले वृद्धि !

सञ्चालनमा रहेका ८ मध्ये ५ विकास बैंको नाफा घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ३ वटाको मात्र नाफा बढेको हो।

ज्योति विकास बैंकको खुद नाफा सर्वाधिक ८९ प्रतिशत धेरैले घट्दा कामना सेवा ४३, सांग्रिला विकास बैंक ३६, महालक्ष्मी विकास बैंक ३० र लुम्बिनी विकास बैंकको खुद नाफा २५ प्रतिशतभन्दा धेरैले घटेको हो ।

अघिल्लो आवको तुलनामा खराब कर्जा वापतको व्यवस्थापन रकम उल्लेख्य बढेपछि विकास बैंकहरुको नाफामा भारी गिरावट आएको हो । यस अवधिमा ०.३३ देखि २.२१ प्रतिशत बिन्दुसम्म विकास बैंकहरुको खराब कर्जा बढेको छ । यसले इपेरिमेन्ट चार्जमा उल्लेखनीय वृद्धि भएको हो ।
यस्तै २०७८ पुसको तुलनामा सबै बैंकहरुको निक्षेप संकलन लागत करिब ३ प्रतिशत बिन्दुले बढेको छ । यसबीचमा केही स्प्रेडदर वृद्धि गरेपछि ब्याजदर वृद्धि हुँदा निक्षेप संकलन लागत बढेको हो ।

समीक्षा अवधिमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद नाफा २३ प्रतिशत धेरैले वृद्धि गरेको छ । यस्तै मुक्तिनाथ विकास बैंकको करिब ४ प्रतिशत र गरिमा विकास बैंकको २ प्रतिशतभन्दा थोरै मात्र वृद्धि छ ।

मुक्तिनाथलाई टक्कर दिने बाटोमा गरिमा

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफाका आधारमा गरिमा विकास बैकले मुक्तिनाथ विकास बैंकलाई टक्कर दिने किसिमले अगाडि बढेको छ । चालु आवको ६ महिनामा गरिमाले मुक्तिनाथभन्दा १२ करोड कम नाफा आर्जन गरेको छ ।

National level Development Banks Net Profit 2079 Poush  in Thousand Net Profit 2078 Poush in Thousand Change %
Shine Resunga Development Bank 429678 348830 23.18
Muktinath Bikas Bank Ltd. 626233 602406 3.96
Garima Bikas Bank Limited 502146 492953 1.86
Lumbini Bikas Bank Ltd. 261067 351744 -25.78
Mahalaxmi Bikas Bank Ltd. 316046 456292 -30.74
Shangrila Development Bank 166563 261822 -36.38
Kamana Sewa Bikas Bank Limited 195871 343681 -43.01
Jyoti Bikas Bank Limited 34795 344016 -89.89

 

मुक्तिनाथले ६२ करोड ६२ लाख खुद नाफा आर्जन गर्दा गरिमा विकास बैंकले ५० करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ४२ करोड ९६ लाख, महालक्ष्मी विकास बैंकले ३१ करोड ६० लाख र लुम्बिनी विकास बैंक २६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कामना सेवा विकास बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकको खुद नाफा २० करोडभन्दा तल छ । पुस मसान्तसम्म कामना सेवाले १९ करोड ५८ लाख, सांग्रिला विकास बैंकले १६ करोड ६५ लाख खुद नाफा आर्जन गर्दा ज्योति विकास बैंकले सबैभन्दा कम ३ करोड ४७ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको हो ।

शाइन र मुक्तिनाथले मात्र बढाए इपीएस

चालु आवको ६ महिना अवधिमा शाइन रेसुङ्गा र मुक्तिनाथ विकास बैंकले मात्र वार्षिक प्रतिसेयर आम्दानी ( इपीएस) वृद्धि गरेका छन् । बाँकी सबै बैंकको इपीएस घटेको छ ।

यस अवधिमा शाइन रेसुङ्गाको इपीएस १ रुपैयाँ ६१ पैसा र मुक्तिनाथ विकास बैंकको ७५ पैसाले वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा ज्योति विकास बैंकको सर्वाधिक १३ रुपैयाँ ४९ पैसाले इपीएस घटेको छ । यस्तै कामना सेवा विकास बैंकको ९ रुपैयाँ ४० पैसा, महालक्ष्मी विकास बैंकको ६ रुपैयाँ ९९ पैसा, सांग्रिला विकास बैंकको ६ रुपैयाँ ३३ पैसा, लुम्बिनी विकास बैंक ५ रुपैयाँ ९९ पैसा, गरिमा विकास बैंकको ५ रुपैयाँ ६१ पैसाले इपीएस घटेको छ ।

National level Development Banks EPS 2079 EPS 2078 Change
Shine Resunga Development Bank 20.06 18.45 1.61
Muktinath Bikas Bank Ltd. 19.51 18.76 0.75
Garima Bikas Bank Limited 19.36 24.97 -5.61
Mahalaxmi Bikas Bank Ltd. 15.76 22.75 -6.99
Lumbini Bikas Bank Ltd. 15.43 21.42 -5.99
Kamana Sewa Bikas Bank Limited 12.47 21.87 -9.40
Shangrila Development Bank 11.06 17.39 -6.33
Jyoti Bikas Bank Limited 1.63 16.12 -14.49

 

कसको इपीएस कति ?

यस अवधिमा शाइन रेसुङ्गाको इपीएस २० रुपैयाँ ६ पैसा, मुक्तिनाथ विकास बैंकको १९ रुपैयाँ ५१ पैसा, गरिमा विकास बैंकको १९ रुपैयाँ ३६ पैसा, महालक्ष्मी विकास बैंकको १५ रुपैयाँ ७६ पैसा, लुम्बिनी विकास बैंकको १५ रुपैयाँ ४३ पैसा, कामना सेवा विकास बैंकको १२ रुपैयाँ ४३ पैसा, सांग्रिला डेभलपमेन्ट बैंकको ११ रुपैयाँ ६ पैसा र ज्योति विकास बैंकको १ रुपैयाँ ६३ पैसा रहेको छ ।

1495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका