जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुमार्गीको पैसा फिर्ता ल्याउन नेपाल इन्भेष्टमेन्ट बैंकलाई राष्ट्र बैंकको निर्देशन

सुमार्गीको पैसा फिर्ता ल्याउन नेपाल इन्भेष्टमेन्ट बैंकलाई राष्ट्र बैंकको निर्देशन

भूपेन्द्र आचार्य । विगत लामो समयदेखि नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडमा रहेको स्रोत नखुलेको अजय कुमार पराजुली (सुमार्गी)को ७८ करोड (६९९९९८९ अमेरिकी डलर) फिर्ता ल्याउन नेपाल इन्भेष्टमेन्ट बैंकलाई गत आइतबार नेपाल राष्ट्र बैंकले पत्राचार गर्दै निर्देशन दिएको भेटिएको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भनेः– हामीले नेपाल इन्भेष्टमेन्ट बैंकलाई सर्वोच्च अदालतले नदिनु भनेको अजय कुमार पराजुली (सुमार्गी)को पैसा बैंकमा फिर्ता ल्याउन निर्देशन दिइसेका छौं ।

स्रोतका अनुसार सुमार्गीले २० करोड १० लाख नेपाल इन्भेष्टमेन्ट बैंकको पूरानो कर्जा भुक्तानी गरेको र बाँकी रकम नेपाल इन्भेष्टमेन्ट बैंकबाट झिकी अरु रकम ५८ करोड नेपाल वंगलादेश बैंक, प्राइम बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकमा राखेको भेटिएको छ ।

विगत ५÷६ वर्षदेखि रोकिएको पैसा झिक्न दिन नै सर्बोच्च अदालतले गत पुस १० गते आदेश दिएपछि व्यवसायी अजय कुमार पराजुली (सुमार्गी) ११ गते नै नेपाल इन्भेष्टमेन्ट बैंक पुगी पैसा लगेको फेला परेको छ ।

सर्बोच्चको अल्पकालिन अन्तरिम आदेश बोकेर आएको सुमार्गीलाई पैसा दिनै पर्ने वाध्यतामा बैंकको उच्च व्यवस्थापन परेको थियो । सुमार्गीले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई लिएर राष्ट्र बैंक पुगी पैसा दिन आग्रह गरेको खुलेको छ ।

राष्ट्र उच्च सुत्र भन्दछः– सुमार्गीले बैंकका सिइओलाई लिएर आउनु भएको थियो । दुबैसँग भेटेका राष्ट्र बैंकका एक अधिकारीले भने, पैसा चाँडो चाहियो क चाहियो भनेर सुमार्गीले दबाब दिनुभयो र पैसा लैजानु भयो ।

सुमार्गीले पैसा नदिने भए, त्यसको कारण खुलाएर लिखितमा उत्तर दिन दबाब दिएको थिए । अन्तत बैंकले ७८ करोड रुपैया (६९९९९८९ अमेरिकी डलर) सुमार्गीलाई दिने निर्णय गर्यौ । ७८ करोड रुपैयाँमध्ये २० करोड हाराहारीमा सुमार्गीले नेपाल इन्भेष्टमेन्ट बैंकबाट लिएको ऋण तिर्न प्रयोग गरेको स्रोतको दाबी छ ।

७८ करोड मध्ये २० करोड हाराहारी नेपाल इन्भेष्टमेन्ट बैंकलाई बुझाएपछि सुुमार्गीले बाँकी रहेको ५८ करोड रुपैयाँ अरु बैंकका लगेको राष्ट्र बैंकको दाबी छ ।

सुमार्गीले पैसा झिकेर लगत्तै सर्बोच्चका प्रधान न्यायाधिस चोलेन्द्र शम्सेर राणा सहितको संयुक्त इजालासले सुमार्गीको पैसा इन्भेष्टमेन्ट बैंकमै फर्काएर पुरानै अवस्थामा राख्न अर्को आदेश जारी गरिसकेको छ । आदेश पालना गर्दै राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकलाई पैसा फिर्ता ल्याउन निर्देशन दिएको राष्ट्र बैंक स्रोतको दाबी छ ।

पैसा लगिसकेपछि पैसा खोल्ने पुरानो आलेश खारेज भएपनि अब सुमार्गी माथि त्यो पैसा फिर्ता गर्नुपर्ने दायित्व सृजना भएको छ । नभए स्रोत नखुलेको पैसा राखेको अभियोगमा कारवाही हुन्छ । एक कानुन व्यवसायीले दाबी गरे ।

अदालतको आलेश पालना गर्नका लागि अब नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नोबाट चेक काटिएर जुनजुन बैंकमा पैसा गएको छ । उनीहरुलाई पत्र लेखेर पैसा फिर्ता माग्नु पर्ने राष्ट्र बैंकका प्रवक्ता पौडेलको दाबी छ । यसैबीच अर्थमन्त्री डा.युवराज खतिवडाले भनः– अनुसन्धान हामी गदैछौं । पैसा फिर्ता आउनु पर्दछ । स्रोत नखुलेको सम्पत्ती छानबीन हुन्छन् । बैंकले किन दियो छानविन हुन्छ नि ।

6385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका