जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • मतदानका दिन अत्यावश्यक र अनुमति लिएकाबाहेक अन्य सवारीसाधन चलाउन नपाइने

मतदानका दिन अत्यावश्यक र अनुमति लिएकाबाहेक अन्य सवारीसाधन चलाउन नपाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तह निर्वाचन हुने दिन अत्यावश्यक र अनुमति दिएका सवारी साधनमात्रै प्रयोग गर्न आग्रह गरेको छ।

बैशाख ३० गते हुने निर्वाचनमा सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै प्रशासनले सवारीसाधन संचालनमा रोक लगाएको हो।

प्रशासनले मतदानका दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनहरु बाहेक अन्य सवारी साधनहरु बिहान ६ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्म संचालनमा रोक लगाएको हो।

निर्वाचनको दिन सवारीसाधन संचालन गर्न परेमा निर्वाचन आयुक्तको कार्यालय वा प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्नेछ। प्रशासनले सूचना विपरित कार्य गरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिएको छ।

5025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका