जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकको प्रिपेड डलर कार्ड अब अनलाईनबाटै प्राप्त गर्न सकिने

एनएमबि बैंकको प्रिपेड डलर कार्ड अब अनलाईनबाटै प्राप्त गर्न सकिने

एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धि नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गरि कार्ड जारी गर्न शुरु गरी सकेको तर वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि भर्टुअल डलर कार्ड लिने ब्यवस्था मिलाएको छ ।

अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागी अनलाइन बाटै आवेदन दिई विदेशबाट पाइने सेवाहरु जस्तै नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षा लगायत सामाजिक सञ्जाल मार्फत पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तान गरी प्रवद्र्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।

उपर्युक्त सुविधा https://nmbbanknepal.com/virtual-dollor-card-request-form यो  लिन्कमा  आवेदन दिई तत्काल प्राप्त सकिने बैंकले जनाएको छ । बैंकको देशभरीका १८१ शाखाहरुमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले शाखाहरु साथै देशभरीका १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

9410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?