जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल आईएमई बैंकका ग्राहकले यती एयरलाइन्सको टिकट खरिद गर्दा क्यासब्याक पाउने

ग्लोबल आईएमई बैंकका ग्राहकले यती एयरलाइन्सको टिकट खरिद गर्दा क्यासब्याक पाउने

ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर पाउने भएका छन् ।क्यासब्याक अफर योजना अनुसार ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित ५ सय रुपैयाँ क्यासब्याक पाउनेछन् ।

बैंकका ग्राहक तथा ग्राहकका परिवार सदस्यले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा वा काट्दा ‘फ्लाइयती’ प्रोमो कोड प्रयोग गरी ५ सय रुपैयाँ क्यासब्याक पाउनेछन् ।बैंकका अनुसार ग्राहकले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन् । यो क्यासब्याक योजना २९ नोभेम्बरसम्म रहने छ ।

1970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?