जोडिनुहोस
सोमवार, चैत्र १०, २०८१
सोमवार, चैत्र १०, २०८१

हालको खबर

  • होमपेज
  • सिद्धार्थ बैंक ‘बेष्ट अप्रेशन बैंक इन साउथ एशिया’ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक ‘बेष्ट अप्रेशन बैंक इन साउथ एशिया’ अवार्डबाट सम्मानित

सिद्दार्थ बैंक लिमिटेड ‘बेष्ट अप्रेशन बैंक इन साउथ एशिया २०२१’ अवार्डबाट सम्मानित भएको छ। विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) द्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो ।

आइएफसी को ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५०० साझेदार बैंकहरुको प्रतिस्प्रधात्मक प्रक्रियाको आधारमा विभिन्न विधाहरुमा ४८ विजेताहरु छनोट गरिएको हो जसमध्ये सिद्धार्थ बैंकले सो अवार्ड प्राप्त गरेको हो ।

आइएफसी अन्तर्गत रहेका नेटवर्क बैंकहरु मध्ये आफ्ना ग्राहकहरुलाई सरल र सहज ढंगले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै सिद्धार्थ बैंक एउटा सक्रिय साझेदार बैंकको रुपमा प्रस्तुत हुन सफल भएको हो ।

उक्त अवार्ड शुक्रबार का दिन एक विशेष कार्यक्रममा आइएफसी का तर्फबाट बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानद्वारा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल लाई हस्तान्तरण गरिएको हो ।

आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ उच्चस्तरिय सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको बैंकले जनाएको छ। यस उपलब्धिको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

बैंकले देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११४ शाखारहित बैंकिङ्ग सेवा र १,५०० भन्दा बढी पिओएस् मेसिन मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

3785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका