जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • लक्ष्मी सनराइज बैंकले अनलाइन ठगीबाट सचेत रहन आग्रह

लक्ष्मी सनराइज बैंकले अनलाइन ठगीबाट सचेत रहन आग्रह

लक्ष्मी सनराइज बैंक लिमिटेडले अनलाइन ठगीबारे आवश्यक चेतावनी जारी गरेको छ। बैंकका अनुसार हाल विभिन्न सामाजिक सञ्जाल तथा व्हाट्सएप र भाइबर जस्ता मेसेजिङ एपमार्फत नेपाली जनताका लागि नयाँ प्रधानमन्त्रीको ३० हजार रुपैयाँको प्रशंसा कोष जस्ता हानिकारक लिंकहरू फैलिइरहेका छन्।

ती लिंकहरूमा क्लिक गर्दा मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग ह्याक हुन सक्ने खतरा हुने बैंकले जनाएको छ। साथै सामाजिक सञ्जालका पासवर्ड तथा व्यक्तिगत विवरण जोखिममा पर्न सक्ने बताइएको छ। यसले व्यक्तिहरूको वित्तीय र व्यक्तिगत सुरक्षामा सीधा असर पार्न सक्छ।

यसकारण, बैंकले यस्ता मेसेजहरू प्राप्त भएमा ती लिंकहरूमा कहिल्यै क्लिक नगर्न र मेसेजहरू डिलिट गर्न आग्रह गरेको छ। यस्ता ठगी प्रयासहरूबाट आफूलाई मात्र नभई अरूलाई पनि सचेत गराउनुपर्ने जोड दिइएको छ।

लक्ष्मी सनराइज बैंक लिमिटेडले ग्राहक तथा सर्वसाधारणसँग आफ्नो वित्तीय जानकारी सुरक्षित राख्न सतर्क रहन र अनावश्यक लिंकमा क्लिक नगर्न विशेष आग्रह गरेको छ ।

1980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका