जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बन्द अवस्थामा रहेका उद्योग सरकारले पुनः संचालनमा ल्याउने

बन्द अवस्थामा रहेका उद्योग सरकारले पुनः संचालनमा ल्याउने

 विगमा सञ्चालनमा आए हाल बन्द रहेका उद्योगहरु पुन सञ्चालन ल्याइन भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा सो कुरा बताएकी हुन् ।सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको हो । कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले विगतमा बन्द भएका उद्योग पुनः संचालन गर्ने जानकारी दिएकी हुन् ।

सरकारी स्वामित्वका उद्योगहरु कसले र कसरी संचालन गर्ने भन्ने विषय राजनीतिक विवादको विषय हुँदै आएको छ । नेपाली काँग्रेस नेतृत्वको सरकारले विगतमा नोक्सानीमा संचालित र निजी क्षेत्रले राम्रोसँग काम गरेका क्षेत्रका उद्योगहरु निजीकरण गर्ने नीति विगतमा लिएको थियो । काँग्रेसको यस्तो नीतिको एमाले लगायतका कम्युनिष्ट पार्टीहरुले विरोध गर्दै आएका छन् ।

अहिले नेपाली काँग्रेसको नेतृत्वमा सरकार छ । तर, सत्ता गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता कम्युनिष्ट पार्टी पनि सहभागी छन् । काँग्रेसको नेतृत्व गरेको र कम्युनिष्टहरुको सहभागिता रहेको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतमा बन्द अवस्थामा रहेका उद्योग पुनः संचालनमा ल्याउने नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

2520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका