जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बोनस शेयरमा लाग्ने कर जम्मा गर्न गरिमा विकास बैंकको आग्रह

बोनस शेयरमा लाग्ने कर जम्मा गर्न गरिमा विकास बैंकको आग्रह

 गरिमा विकास बैंक लिमिटेडले १६ प्रतिशत बोनसमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले बिहीवार सुचना जारी गर्दै साविक सहारा विकास बैंक लिमिटेडलाई प्राप्ती गरी एकिकृत कारोबार गरे पश्चात् शेयर खरीद गरेका सदस्यहरुले कर वापतको रकम बुझाउनुपर्ने जानकारी गराएको हो । 

यी दुई कम्पनीबीच प्राप्ती प्रकृया पुरा भई २०७८ साल कात्तिक २८ गतेदेखि एकिकृत कारोबार सुरु भएको हो । एकिकृत कारोबारपश्चात् कायम शेयरधनीहरुले बोनस शेयरमा लाग्ने कर वापतको रकम गरिमा विकास बैंक लिमिटेडको लाजिम्पाट, काठमाडौंमा एनआईबिएल एस क्यापिटल जिबिबिएल बोनस ट्याक्स २०७७÷७८ नाममा रहेको खाता नम्बर ०४०००१०१०१३८९३०००००१ मा जम्मा गर्न कम्पनीले भनेको छ । 

कम्पनीले यस वर्षको १६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव चैत १८ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । सहारा विकास बैंकलाई प्राप्ती गरेपछि कायम चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाखको आधारमा कम्पनीले उक्त बोनस शेयर वितरण गर्न लागेको हो ।

 कम्पनीले यस वर्ष गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष यस बैंकले कुल १४ दशमलव २१ प्रतिशत लाभांश वितरण गरेको थियो । 
साधारण सभा प्रयोजनका लागि कम्पनीले २०७८ साल चैत ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ३ गते फागुपूर्णिमा सार्वजनिक विदा परेकाले चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

4205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?