जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकको २६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर मंगलवारदेखि लिलामीमा

सिटिजन्स बैंकको २६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर मंगलवारदेखि लिलामीमा

सिटिजन्स बैंक इन्टरनेशलन लिमिटेडले संस्थापक तर्फको २६ हजार ३५८ कित्ता संस्थापक शेयर कात्तिक ३० गतेदेखि लिलामीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी यो शेयर लिलामीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता २०४ रुपैयाँ तोकिएको छ ।

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणमा विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।

7115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका