जोडिनुहोस
सोमवार, पुस ८, २०८१
सोमवार, पुस ८, २०८१
  • होमपेज
  • एक्सेल डेभलपमेन्ट बैंकको नयाँ शाखा धरानमा

एक्सेल डेभलपमेन्ट बैंकको नयाँ शाखा धरानमा

 एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सुनसरीको धरान उपमहानगरपालिका वडा नंं ३ अन्तर्गत धरान बजारमा मंगलबार नयाँ शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । 

उक्त धरान शाखाको उद्घाटन प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र बिक्रम बेघा र वैंकका संचालक पुरुषोत्तम लम्सालले संयुक्त रुपमा गरे । आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको धरान बजारमा ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजना मार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता वमोजिम आवाश, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गरेको छ । 

साथै उनीहरुकै रोजाइको माध्यम अर्थात ABBS, C-ASBA, IPS, Connect IPS, Online Clearing, QR Code तथा स्मार्ट मोवाईल बैकिङ  (Smart Mobile Banking), भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधा सहितको Visa Debit Card, रेमिटान्स सेवा लगायतका अधिकांश बैकिङ सेवाहरु उक्त नवस्थापित शाखा कार्यालय धरानबाट प्रदान गरिने छ ।

यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग १० अर्व ५८ करोड रहेको छ भने निक्षेप संकलन लगभग रु ११ अर्व २७ करोड  गरेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोर¨, पाँचथर र सुनसरीका विभिन्न ४३ स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहरु समक्ष बैकिङ  सेवा प्रदान गरिरहेको छ । 

यसै महिनाभित्रमा मोरङ जिल्लाको पथरीमा थप नयाँ शाखा संचालनमा आउने र आगामी दिनमा १ नम्बर प्रदेशभर आफ्नो कार्य संजाल वृद्धि गर्ने उदेश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको छ । 

एक्सेल डेभलपमेन्ट बैंकका संचालक पुरुषोत्तम लम्सालको अध्यक्षतामा सम्पन्न भएको शाखा उद्घाटन कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक अशोक क्षेत्रीले स्वागत मन्तव्य राख्नु भएको तथा बैंकको वर्तमान गतिविधिहरुका बारेमा प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले प्रकाश पारेका थिए । 

उक्त कार्यक्रममा संस्थापक शेयरधनी डा. रुपक खनाल, मितेरी डेभलपमेन्ट बैंक लि. का प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्ती, धरान उपमहानगरपालिका वडा नं ३ का वडा अध्यक्ष विद्या शाक्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र बिक्रम बेघाले आफ्नो मन्तव्य सहित शुभकामना प्रदान गरे । उक्त उदघाट्न कार्यक्रमको संचालन बैंकका कम्पनी सचिव श्याम बहादुर बोहोराले गरेका थिए । 

3420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?