बैंकिङ्ग
माछापुच्छ्रे बैंकका ग्राहकले Kathmandu Pathlab र Galaxy Speciality Clinic मा विशेष छुट पाउने


माछापुच्छ्रे बैंक र काठमाडौं प्याथल्याब एण्ड डायोग्नोष्टिक सेन्टर प्रा.लि., महाराजगञ्ज र ग्यालेक्सी स्पेसियालीटी क्लिनीक प्रा.लि., महाराजगञ्ज बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले काठमाडौं प्याथल्याब एण्ड डायोग्नोष्टिक सेन्टर प्रा.लि बाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधा लिदाँ २५% सम्म छुट पाउनेछन्् । त्यसै गरि ग्यालेक्सी स्पेसियालीटी क्लिनीक प्रा.लि बाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधाहरुमा २५ % सम्म छुट पाउनेछन्् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/के्रडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।