जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एक हजारका नक्कली नोटको बिगबिगी, एकै गाडीमा भेटियो २ करोडको गड्डी

एक हजारका नक्कली नोटको बिगबिगी, एकै गाडीमा भेटियो २ करोडको गड्डी

नेपाली एक हजार रुपैयाँको नोट नक्कली भेटिएको घटना नयाँ होइन । बेला बेला ठूलो सानो गरेर नक्कली नोटहरू भेटिने गरेका छन् ।

सुनसरी प्रहरीले आइतबार भारतीय नम्बर प्लेटको गाडीबाट करिब २ करोड रुपैयाँ नक्कली नोट फेला पारेको हो । प्रहरीले गाडीबाट एक हजार दरका एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको हो ।

सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले भारतीय गाडीमा भारतबाट नेपालमा ल्याउँदै गरेको अवस् नक्कली नोट बरामद गरेको बताए । उनका अनरसार नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेका छन् ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरू बरामद गरिएको हो ।

प्रहरी उपरीक्षक रेग्मीले रकम बरामद भएपछि यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ । पछिल्लो समय नेपालमा पनि नक्कली नोट भेटिएको भेटिने क्रम बढेको छ । भारतले भारतमा नक्कली नोटको कारोबार बढ्दा पाँच सय र एक हजारका नोट प्रतिबन्ध नै गरेको थियो । नेपालमा पनि बेलाबखत नोट प्रतिबन्ध गराएर नयाँ नोट छाप्नु पर्ने आवाज उठ्ने गरेको छ ।

कसरी चिन्ने नक्कली नोट ?

धेरैलाई सक्कली र नक्कली नोट पहिचान गर्न नै सकसपर्छ । बैंक तथा वित्तीय संस्थाले नक्कली र सक्कली नोट पहिचानका लागि विभिन्न समयमा विभिन्न प्लेटफर्ममाफत् जानकारी पनि गराउँदै आएको छ ।

नक्कली नोट चिन्ने अर्को तरिका हो छाम्ने। सक्कली नोट छाम्दा खस्रो हुन्छ। चाहे त्यो नयाँ होस वा पुरानो । यस्तै नयाँ नोटलाई औंलाले हान्यो भने आवाज कडा आउँछ। नक्कली नोटमा यस्तो आवाज आउँदैन ।

नोटको दाँया भागको पुच्छरमा १००० लेखिएको अक्षरलाई औंलाले सुम्सुमायो भने अक्षर थोरै उठेको महसुस हुन्छ । यसलाई ‘इन्ट्यागलियो प्रिन्ट’ भनिन्छ । नक्कली नोटमा सो अक्षर उठेको हुँदैन ।

नोटको बीच भागको तलपट्टी अंग्रेजी अक्षरमा ‘एनआएबी’ लेखेको हुन्छ । नक्कली नोटमा यो कुरा ख्याल गर्नुपर्छ । यस्तै, नोटको बीच भागमा एउटा ठाडो टल्किने धर्का हुन्छ । यसलाई सुरक्षण धागो भनिन्छ । सो धर्कालाई उज्यालोतिर फर्काएर हेर्दा त्यहाँ पनि सानो अक्षरमा ‘एनआरबी’ लेखेको हुन्छ ।

नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट÷मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ । उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठ भाग (एकवटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

यस्तै, सुरक्षण धागोमा एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रूपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरू मात्र देखिन्छ ।

375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका