जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एभरेष्ट बैंकद्वारा बेलायतको श्पुन रेमिटसँग रेमिट्यान्स सेवा प्रदान गर्न सम्झौता

एभरेष्ट बैंकद्वारा बेलायतको श्पुन रेमिटसँग रेमिट्यान्स सेवा प्रदान गर्न सम्झौता

एभरेष्ट बैंकले बेलायतमा रहेको अनलाइन मनी ट्रान्सफर सेवा श्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । सो सम्झौता पत्रमा बैंकका सहायक महा प्रबन्धक आशुतोष शर्मा र श्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफि ले संयुक्त रुपमा हस्ताक्षर गरे ।

श्पुन रेमिट अनलाइन प्रोडक्ट र ट्रेडिङ्गको लागि दर्ता गरिएको एम।ए. फास्टमोव अन्तर्गतको नाम हो । जुन वेबका साथै मोबाइल एप्लिकेशनको दुबै एन्ड्रोइड र आई।ओ।एस.मा उपलब्ध रहेको छ । अब बेलायतमा रहेका रेमिटरहरुले आफुलाई श्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।

यस साझेदारीले बैंकको सेवाहरु बेलायतमा पनि बिस्तार गर्नुका साथै बैंकका रेमिट्यान्सका ग्राहकहरुलाई थप सुबिधा प्रदान गर्नमा मद्दत गर्ने बैंकले जनाएको छ । श्पुन रेमिटबाट प्राप्त गरिएको रेमिट्यान्स,नेपालको कुनै पनि बैंकबाट बैंक डिपोजिट मार्फत वास्तविक समयमा कुनै पनि बेला भुक्तानी गर्न र नेपाल भरी फैलिएको ९००० भन्दा बढी पे आउट एजेन्टहरु र बैंकको १०३ वटा मध्ये कुनैपनि शाखाबाट नगद भुक्तानी लिन सकिने पनि बैंकले जनाएको छ ।

8625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका