जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको भरतपुरस्थित कार्यालय भवन शिलान्यास

ग्लोबल आइएमई बैंकको भरतपुरस्थित कार्यालय भवन शिलान्यास

ग्लोबल आइएमई बैंक लिमिटेडले भरतपुरस्थित अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ।

बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको हो ।
यसका साथै बैंकले चितवनकै सौराहामा ३ दिने प्रबन्धकहरुको भेला तथा लगभग ५०० जनाको सहभागितामा वित्तीय साक्षरता जगाउने उद्देश्यका साथ डिजिटल बैंकिङसम्बन्धी सचेतना र्‍यालीको पनि आयोजना गरेको छ।

उक्त सचेतना र्‍याली नारायणी नदीकिनारबाट सुरु भएर पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोक, सहिदचोक, लायन्सचोक हुँदै भरतपुर हाइटस्थित भवन शिलान्यास स्थलमा पुगी सभामा परिणत भएको थियो।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको बछ।

3065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका