जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकले एनआईसी र नबिललाई पनि टप्यो

राष्ट्रिय वाणिज्य बैंकले एनआईसी र नबिललाई पनि टप्यो

चालु आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुमा झण्डे २ खर्ब रुपैयाँ निक्षेप भित्रिएको छ । नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले गत असारदेखि माघसम्म १ खर्ब ९९ अर्ब ६६ करोड रुपैयाँ निक्षेप भित्र्याएका हुन् ।

गत असार मसान्तसम्म बैंकहरुमा ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप थियो । माघसम्म आइपुग्दा बैंकहरुमा ४७ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप पुगेको हो ।

समीक्षा अवधिमा १९ वटा बैंकको निक्षेप बढेको छ भने ३ वटा बैंकको निक्षेप घटेको छ । ७ महिनाको अवधिमा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै निक्षेप संकलन गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको माघसम्म ३६ अर्ब रुपैयाँ बढेर २ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । यस्तै, दोस्रोमा नबिल बैंकको ३० अर्ब ८८ करोड रुपैयाँ बढेर ३ खर्ब ६० अर्ब रुपैयाँ, तेस्रोमा एनआईसी एशिया बैंकको २६ अर्ब ५२ करोड रुपैयाँ बढेर ३ खर्ब २१ अर्ब रुपैयाँ, चौंथोमा नेपाल बैंकको २१ अर्ब ७३ करोड बढेर २ खर्ब १८ अर्ब रुपैयाँ र पाँचौंमा ग्लोबल आइएमई बैंकको १८ अर्ब ९ करोड बढेर ४ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।

यस अवधिमा सबैभन्दा धेरै कुमारी बैंकको निक्षेप १८ अर्ब ७० करोड रुपैयाँ घटेर ३ खर्ब ५ अर्ब रुपैयाँमा सिमित भएको छ । यस्तै, प्रभु बैंकको ९ अर्ब ५० करोड रुपैयाँ घटेर २ खर्ब ७४ अर्ब रुपैयाँ र सिभिल बैंकको २ खर्ब ४६ अर्ब रुपैयाँ घटेर ९३ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका हुन् ।

यस्तै, ७ महिनाको अवधिमा १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुले गत असारसम्म ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । माघ मसान्तसम्म आइपुग्दा १ खर्ब १५ अर्ब १६ करोड रुपैयाँ बढाएर ४२ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

समीक्षा अवधिमा कर्जा प्रवाहमा नबिल बैंकले सबैभन्दा धेरै गरेको छ । माघ मसान्तसम्म नबिल बैंकको १४ अर्ब ६५ करोड रुपैयाँ बढेर ३ खर्ब २३ अर्ब रुपैयाँ, दोस्रोमा एनआईसी एशिया बैंकको १३ अर्ब ९४ करोड रुपैयाँ बढेर २ खर्ब ८२ अर्ब रुपैयाँ, तेस्रोमा नेपाल एसबिआई बैंकको १२ अर्ब ९५ करोड रुपैयाँ बढेर १ खर्ब २३ अर्ब रुपैयाँ, चौथौंमा नेपाल इन्भेष्टमेन्ट बैंकको १० अर्ब ८८ करोड रुपैयाँ बढेर ३ खर्ब २९ अर्ब रुपैयाँ र पाँचौंमा एनएमबि बैंकको ९ अर्ब ५३ करोड रुपैयाँ बढेर १ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

यस्तै, ७ महिनाको अवधिमा विभिन्न ४ वटा बैंकको कर्जा भने घटेको छ । सबैभन्दा धेरै नेपाल बैंकको २ अर्ब ४ करोड रुपैयाँ घटेर १ खर्ब ७८ अर्ब रुपैयाँ, सनराइज बैंकको १ अर्ब ७४ करोड रुपैयाँ घटेर १ खर्ब २२ अर्ब रुपैयाँ, कुमारी बैंकको १ अर्ब ६५ करोड रुपैयाँ घटेर २ खर्ब ८४ अर्ब रुपैयाँ र ग्लोबल आइएमई बैंकको ४३ करोड रुपैयाँ घटेर ३ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

1095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका