जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंकको सहयोग

‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंकको सहयोग

मेगा बैंक नेपालले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ ।

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्बीन हस्तान्तरण गरेको हो । धरानको भानु चोकमा गरिएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने तथा धरान शाखाका प्रबन्धक सविन श्रेष्ठ लगायतको सहभागिता थियो ।

मेयर राईले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्य र वित्तिय साक्षरतामा मेगा बैंकसँग सहकार्य गर्ने बताए । बैंकबाट हस्तान्तरण गरिएका डस्बीनहरु भानुचोक वरपर राखिने भएको छ ।

2680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका