जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मेगा म्युचुअल फण्ड–१ का इकाई बाँडफाँड, कसले कति पाए ?

मेगा म्युचुअल फण्ड–१ का इकाई बाँडफाँड, कसले कति पाए ?

मेगा क्यापिटलको ब्यबस्थापनमा निष्काशन भएको मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफांड भएको छ । मागभन्दा अधिक इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको अधिकतम २५ प्रतिशत थप गरी प्रति इकाई मूल्य रु १० का दरको बाह्र करोड पचास लाख इकाईहरु बाँडफांड गरिएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार रितपूर्वक प्राप्त आवेदन मध्ये १०० इकाई देखि ३ लाख ५० हजार इकाईसम्म आवेदन माग गर्ने १,५५,८६४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिएको छ भने ५ लाख देखि १ करोड इकाईसम्म आवेदन गर्ने ३४ जना आवेदकहरुलाई ४३६,३३० इकाई बाँडफाँड गरिएको छ ।  बाँकि रहेको २९० इकाई ३४ जना मध्ये २९ जना आवेदकहरुलाई गोलाप्रथा मार्फत थप १० इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । 

यस संगै योजनाको आकार एक अर्ब पच्चिस करोड कायम भएको छ  ।  उक्त योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ कायम भएको छ । 

क्यापिटलले   प्रति इकाई मूल्य रु.१०  दरको दस करोड इकाई निष्काशन गरेको थियो । जस मध्ये न्यूनतम एक करोड पचास लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ (पन्ध्र) प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंक नेपाल लिमिटेडको लागि सुरक्षित राखि बाँकी न्यूनतम आठ करोड पचास लाख इकाई सर्बसाधारणलाई निष्काशन गरिएको थियो ।

निष्काशनमा सामुहिक लगानी कोष इतिहासमा सबै भन्दा धेरै आवेदनको नयाँ कीर्तिमान कायम गर्दै १,६३,६४६ आवेदकहरुबाट करिब २०,१४,५५,६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको थियो, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको हो ।

4645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका