जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकले मनायो २९औँ वार्षिकोत्सव

महालक्ष्मी विकास बैंकले मनायो २९औँ वार्षिकोत्सव

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानबाट बैँकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक आजबाट २९औँ वर्षमा प्रवेश गरेको छ । तीन दशकको यात्रा गरेको अवसरमा बैंकले १०३ वटै शाखामा विभिन्न सामाजिक हितका कार्यक्रम आयोजना गरेको छ ।

त्यस्तै २९ वटा शाखामार्फत रक्तदान कार्यक्रम, सम्पूर्ण कर्मचारीको संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता र्‍याली, सम्पूर्ण शाखा कार्यालयमा केक काट्ने कार्यक्रम, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२३, शृंखला २ लगायतका कार्यक्रमको आयोजना गरिएको छ ।

केन्द्रीय कार्यालयमा दरबारमार्ग शाखाको सक्रियतामा जेष्ठ ५ गते, शुक्रबार बिहान ११:३० देखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।

त्यस्तै शाखा, प्रादेशिक तथा केन्द्रिय कार्यालयका कर्मचारीहरुको सहभागितामा काठमाडौंमा र सम्पूर्ण प्रादेशिक कार्यालयका (आठवटा) विभिन्न स्थानमा शाखा तथा प्रादेशिक कार्यालयका कर्मचारीको सहभागितामा शनिबार बिहान ७:३० देखि ८:३० सम्म वित्तीय साक्षरताका निम्ति प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरु जस्तै: मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लाकार्डको प्रयोग गरिएको थियो ।

त्यसैगरी वार्षिकोत्सवको अवसरमा गत वर्षदेखि सुरु गरिएको महालक्ष्मी कर्पोरेट क्रिकेटको दोस्रो शृंखला (महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, शृंखला २) १६ टिमको सहभागितामा बैंकले जेठ २०, २१ र २२ गते सञ्चालन गर्नेछ ।

बैंकले देशभर रहेका शाखामार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीलाई स्थानीय भेषभूषामा बैंकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ग्राहक, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनका लागि हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।

1525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?