जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बैंकलाई ब्रोकर लाईसेन्स नदिन घुस लिएको आरोप, पूर्व बैंकर क्षेत्रीले भने ‘अति गर्नु, अत्याचार नगर्नु’

बैंकलाई ब्रोकर लाईसेन्स नदिन घुस लिएको आरोप, पूर्व बैंकर क्षेत्रीले भने ‘अति गर्नु, अत्याचार नगर्नु’

लामो समयदेखि बहस चलेको बैंकलाई ब्रोकर लाईसेन्सको सम्बन्धमा नयाँ तरङ्ग सुरु भएको छ । हालै एक प्रभावशाली व्यक्तिले बैकहरुको सहायक कम्पनीहरुलाई ब्रोकर लाईसेन्स नदिनाका कारण ब्रोकरहरुले सम्वन्धितहरुलाई पैसा खुवाएको भन्ने अभिव्यक्ति दिएपछि यस विषयमा नयाँ तरङ्ग सुरु भएको हो ।

यसै विषयमा ग्लोबल आईएमई बैंकका निर्वतमान प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले यो जो पायो त्यही भन्ने व्यक्तिले भनेको नभएकोले यसले निश्चित रुपमा केही अर्थ राख्ने बताएका छन्। ब्रोकर कम्पनीहरुको वास्तविक तथा गोप्य मालिकहरु राजनीतिक तथा प्रशासनिक व्यक्तिहरु भएको चर्चा बजारमा चलेको र यिनीहरुले नै पक्षपोषण गर्ने गरेको क्षेत्रीले बताएका छन् ।

यी आरोपहरुमा सत्यता छ कि भन्ने आशंका केही उदाहरणहरुले संकेत गर्ने उनको भनाई छ। उनी भन्छन् ‘अध्ययनको नाममा ब्रोकर कमीशन घटाउन चाहिने भन्दा बढी समय लिईयो, आफ्नै कार्यदलले शिफारिश गरे जतिको पनि घटाईयन र त्यो कमीशन दरलाई fixed rate को रुपमा तोक्नुको सट्टा त्यो दरलाई अरु देशहरुको जस्तो उपल्लो /अधिकतम सिमाको रुपमा तोकेर बजार अर्थशास्त्रलाई / प्रतिस्पर्द्धालाई प्रोत्साहित गर्न सकिन्थ्यो। गरिईएन !’

त्यस्तै बैक तथा वित्तीय संस्थाहरुले धेरै नाफा कमाए भनेर चाहिदा नचाहिदा नियन्त्रण गर्ने राज्य संचालकहरु न्यून लगानी गरेर कैयौं गुणा नाफा गर्दा अमुक दर्शक भएर किन बसेका छन् भन्दै क्षेत्रीले प्रश्न उठाएका छन् ।

बैकहरुको कोर काम निक्षेप लिने र कर्जा दिने काम मात्र हो भन्ने गरिए पनि यो सही नभ्याएको क्षेत्री बताउछन् । उनी भन्छन् ‘शेयर ब्रोकरीगं गर्ने, विमाको एजेन्सीको काम गर्ने, शेयर किनवेच गर्ने, विदेशी मुद्रा किनवेच गर्ने, कमोडिज् किनवेच गर्ने आदि कार्यहरु बैकहरुको ट्रेजरी कृयाकलापहरु भित्रै पर्दछन्! यी कार्यहरु गर्ने निश्चित सीमाहरु तथा जोखिम व्यवस्थापन गर्ने प्रावधान निश्चित रुपमा हुन्छन् नै । मेरो साढे तीन दशकको पेशागत जीवनकालमा झण्डै हाम्रो टुडिखेल जत्रो ठुलो ट्रेजरी रुम भयको (विदेशी)बैकले यी काम गरेको देखेको छु ! वेतुकको तर्क गरेर बलिया, ठूला र लगानी गर्न सक्ने बैकहरुलाई यी कार्यहरु गर्न रोकिईएको छ । किन? सेटलमेंट ग्यारेन्टी फन्डमा लगानी गर्न पर्दा यी फुच्चा फुच्ची ब्रोकर कम्पनीहरुको पशिना आउन थालेको छ।’

निर्वतमान प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले भनेका छन् ‘ढुंगे युगमा नै नवसौं ।अगाडी बढौं। महान अल्वर्ट आइन्स्टाइनले काम सधै एउटै गर्ने तर परिणाम फरक आशा गर्नु पागलपन हो/ मुर्खता हो भनेका छन् । फरक तर राम्रो परिणामका लागि काम पनि फरक गरौं / फरक किसिमले गरौं । शुसासनको हिसावले नांगिने काम नगरौं । अति गर्नु, अत्याचार नगर्नु !’

6160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका