जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • उद्योगी बिनोद चौधरीसँग एमालेबाट सिन्धु जलेसा भिड्दै

उद्योगी बिनोद चौधरीसँग एमालेबाट सिन्धु जलेसा भिड्दै

नवलपरासी सुस्ता पश्चिम १ मा कांग्रेसका बिनोद चौधरी र एमालेकी सिन्धु जलेसा (बुढाथोकी) बीच प्रतिस्पर्धा हुने भएको छ। हृदयेश त्रिपाठीले सूर्य चिन्हबाट चुनाव लड्न नमानेपछि एमालेले बुढाथोकीलाई उम्मेदवार बनाएको हो।

२०७० सालमा समानुपातिकबाट संविधानसभा सदस्य भएकी सिन्धुले अब उद्योगी चौधरीसँग प्रतिस्पर्धा गर्ने छिन्।

गठबन्धन भएपनि बुढाथोकीले निर्वाचन आफ्नो पक्षमा आउने दाबी गरेकी छिन्।

‘म यहाँ जन्मी, हुर्की गरेकी मान्छे हुँ, त्यसकारण यहाँका जनताले मलाई माया गरी निर्वाचित गराउनुहुन्छ भन्नेमा ढुक्क छु,’ उनले भनिन्।

२०६४ मा एमालेबाट समानुपातिक सांसद रहेका चौधरी २०७४ मा एमाले प्रवेश गरेका हुन्। चौधरी अघिल्लो निर्वाचनमा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए। गठबन्धनले कांग्रेसका चौधरीलाई बलियो उम्मेदबार भएको जनाएको छ।

4815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?