जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • डीआई स्किन हस्पिटलमा प्रभु बैंकका ग्राहकहरुलाई विशेष छुट

डीआई स्किन हस्पिटलमा प्रभु बैंकका ग्राहकहरुलाई विशेष छुट

प्रभु बैंक लिमिटेड र डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर् प्रा.लि. काबिच डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर् प्रा.लि. मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट हात्तीगौंडा शाखा कार्यालय प्रमुख कृष्ण दवाडी र र डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर् प्रा.लि.का तर्फबाट प्रमूख कार्यकारी अधिकृत ऋषि प्रसाद सापकोटालेरा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर् प्रा.लि. विच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुले डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर् प्रा.लि.द्धारा सञ्चालित चिकित्सक परामर्श शुल्क, ओ.टि सेवा शुल्क, प्रयोगशाला सेवा शुल्क, जेनेरल मेडिसीन ९मधुमेह, थाइरोड, इण्डोक्रिनोलोजि०, प्लास्टिक एण्ड एस्थेटिक सर्जरीका साथै लेजर एण्ड लाइट थेरापी सेवा शुल्कमा १० प्रतिशत र डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर् प्रा.लि. अन्तर्गत “True Pharmacia Pvt. Ltd” बाट औषधी खरीद गरे बापत ५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सम्झौता अन्तर्गत डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर् प्रा. लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, QR र POS मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर् प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

5170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका