जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुबीच ब्याजदर नबढाउने सहमति

वाणिज्य बैंकहरुबीच ब्याजदर नबढाउने सहमति

कमर्शियल बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) ले ब्याजदर नबढाउने निर्णय गरेको छ। बैंकर्स संघको गत शुक्रबार बसेको कार्यसमिति बैठकले चैत महिनामा ब्याज नबढाउने सहमति गरेको हो। 

वाणिज्य बैंकका सीइओहरुको संगठन ‘नेपाल बैंकर्स संघ’ ले बिगतकै ब्याजदर यथावत राख्ने समझदारी गरेपछि चैत महिनामा ब्याजदर नबढ्ने निश्चित भएको हो। 

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले संघको यहि शुक्रबारको बैठकले फागुन महिना कै ब्याजदरलाई निरन्तरता दिने समझदारी गरेको बिजपाटीलाई बताए । 

ब्याज नबढाउने सहमति भएसंगै चैत महिनाको लागि फागुन महिना कै ब्याजदरले निरन्तरता पाउने भएको छ। यस समझदारीसंगै बैंकहरुले चैतको लागि मुद्दतीमा अधिकतम ११.०३ र संस्थागतमा अधिकतम १०.०३  प्रतिशत ब्याज कायम हुनेछ।  त्यस्तै बचत खाातामा न्युनतम ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशतसम्म ब्याजको दर हुनेछ।

त्यस्तै बैंकहरुले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिने छन्। तर बैंकहरुले तोकिएको सिमाभित्र रहेर ब्याजको दर आफुअनुकुल कायम गर्न कुनै रोक हुनेछैन।    

ब्याजको दर बढाउँदा सकारात्मक संदेश नजाने भएकाले बैंकरहरुबीच ब्याज नबढाउने बिषयमा आपसी समझदारी बनेको जनाईएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले आगामी महिना लिने ब्याजको दर अघिल्लो महिनानै सार्वजनिक गर्नुपर्ने हुन्छ। 

कमर्शियल बैंकले नबढाएपछि बिकास बैंक र फाइनान्सले पनि फागुनकै ब्याजदरलाई निरन्तरता दिने सम्भावना छ।

ब्याजदर यथावत रहेको अवस्थामा क्षेत्रीय स्तरका बिकास बैंकहरुले मुद्दतिमा अधिकतम ११।६५ र संस्थागतमा अधिकतम १०।६५ तथा राष्ट्रिय स्तरका विकास बैंकहरुले मुद्दतिमा अधिकतम ११.५५ र संस्थागतमा अधिकतम १०.५५ प्रतिशत ब्याजदर लिन पाउनेछन्। त्यस्तै फाइनान्सहरुले मुद्दतिमा अधिकतम ११.७१  र संस्थागतमा अधिकतम १०.७१  प्रतिशत ब्याजदर कायम गर्न पाउनेछन्।  

3215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?