जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राष्ट्रपति सीको सुझाव– ‘कम्युनिस्ट पार्टीको नेतामा स्वच्छता र अनुशासन हुनुपर्यो’

राष्ट्रपति सीको सुझाव– ‘कम्युनिस्ट पार्टीको नेतामा स्वच्छता र अनुशासन हुनुपर्यो’

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई पाँच सुझाव दिएका छन् । आइतबार विहान होटल सोल्टीमा भएको भेटवार्तामा राष्ट्रपति सीले कम्युनिस्ट पार्टी हुनका लागि धेरै प्रतिकुलताहरु रहेको बताएका छन् ।

उनले नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको सम्वन्ध अझै सुमधुर बनाउन आवश्यक रहेको बताएका छन् । दुई देशको सम्वन्ध संगै नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबिचको सम्वन्ध समेत बलियो हुनुपर्ने उनको धारणा रहेको छ ।

नेपालले हासिल गरेको राजनीतिक उपलब्धी र स्थायित्वको प्रशंसा गर्दै राष्ट्रपति सीले नेपालले हिँड्न खोजेको विकासको बाटोमा चिनको हरपल साथ र सहयोग हुने आश्वासन समेत व्यक्त गरेका छन् ।

समाजवादको बाटोमा हिँड्दा सँधै क्रान्तिको आधारमा मात्र सत्ता चलाइरहनु वेठिक रहेको बताएका छन् । आफुहरुले जनताको आवश्यकतालाई मध्यनजर गर्दै सरकार चलाइरहेको बताउँदै राष्ट्रपति सीले जनतालाई उपलब्धिको आभास गराउन सकेमा सरकार सफल हुने बताए ।

राष्ट्रपति सीले कम्युनिस्ट पार्टीको नेतामा स्वच्छता र अनुशासन आवश्यक रहेको औँल्याएका छन् । अनुशासन र स्वच्छता भएमा मात्र जनता र नेताबिच सुमधुर सम्बन्ध हुने उनले बताएका छन् ।

6425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका