जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मेटलाइफ नेपालद्वारा उत्कृष्ट प्रतिनिधिहरु सम्मानित

मेटलाइफ नेपालद्वारा उत्कृष्ट प्रतिनिधिहरु सम्मानित

मेटलाइफ नेपालले यस हप्ता आफ्नो शीर्ष एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गर्दै काठमाडौंमा वार्षिक अवार्ड नाइटको आयोजना गरेको छ । मेटलाइफ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलिना बुटारोवा लगायत मेटलाईफ एशिया वितरणका एजेन्सी उपाध्यक्ष मारवन मटारको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका उच्च अधिकारीहरुका साथै देश भरका योग्य एजेन्सी प्रबन्धकहरु, युनिट प्रबन्धकहरु र फिलड प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा गत वर्षका ३०० भन्दा बढी उत्कृष्ट प्रतिनिधिहरुको सहभागिता रहेको थियो । साथै ९ विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो ।

सन २००३ देखि मेटलाइफले आफ्नो शीर्ष प्रतिनिधिहरुलाई सम्मान गर्दै आएको छ । साथसाथै अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण तथा तालिम प्रदान गरी उनीहरुको बीमा क्षेत्रमा उज्ज्वल भविष्य सुनिस्चितताका लागि सहयोग गर्दै आइरहेको छ ।

प्राविधिक विकास र डिजिटलाइजेशन प्रक्रियाहरूमा अनुकूलन गर्दै, मेटलाइफ नेपालले भर्खरैमात्र नेपालमा पहिलो पटक डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नका लागि मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म सुरु गरेको छ । डिजिटल सेल्स सोलुसन, ग्राहक सेवा एप र अनलाइन प्रिमियम भुक्तानी सेवाहरू पहिले नै सञ्चालन गर्दै आइरहेको छ ।

3400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका