जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एसियन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर जारी

एसियन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर जारी

एसियन लाइफ इन्स्योरेन्स बीमितलाई प्रतिहजार बढीमा ७५ रुपैयाँसम्म बोनस दिने भएको छ। कम्पनीले बोनस दर नयाँ जारी गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि मुनाफामा जोडेर दिने गरी बोनस दर जारी गरेको कम्पनीले जनाएको छ।

नयाँ बोनस दर अनुसार बीमितले बिभिन्न बीमालेखमा प्रतिहजार ४२ रुपैयाँदेखि ७५ रुपैयाँ पाउने भएका छन्। जसमा सावधिक तथा आजीवन बीमालेखमा १४ वर्षसम्मको अवधिलाई ६१ रुपैयाँ तोकिएको छ। १५ वर्षदेखि १९ वर्ष र २० देखि २४ वर्षसम्मको अवधिलाई ६१ रुपैयाँ छ।

२५ वर्ष वा सो भन्दा माथिको अवधिलाई कम्पनीले ७५ रुपैयाँ रुपैयाँ बोनस दिने भएको छ। सावधिक जीवन बीमालेख अन्तर्गत १४ वर्षसम्मको अवधिलाई ४५ रुपैयाँ छ। १५ देखि १९ वर्षसम्मका लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष सम्मका लागि ५५ रुपैयाँ र २५ वर्षदेखि माथिको अवधिलाई ६० रुपैयाँ छ।

बालबालिकाको सावधिक जीवन बीमालेख योजनामा १४ वर्षसम्मका लागि ४४ रुपैयाँ छ। १५ वर्षदेखि १९ वर्षसम्मका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिलाई ५३ रुपैयाँ र २५ वर्षभन्दा माथिको अवधिलाई ६० रुपैयाँ बोनस कायम गरेको छ।

त्यस्तै नव रत्‍न, जीवन संजीवनी, दम्पती सुरक्षा प्लस, एसियन वार्षिक धनलाभमा १४ वर्ष अवधिलाई ४२ रुपैयाँ, १५ वर्ष देखि १९ वर्षसम्मलाई ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिलाई ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको अवधिलाई ५० रुपैयाँ निर्धारण गरेको छ।

925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका