जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एटिएम सेवा निः शुल्क नहुँने, सेयरधितो कर्जा कडाई हुने

एटिएम सेवा निः शुल्क नहुँने, सेयरधितो कर्जा कडाई हुने

हालसम्म निःशुल्क रहेको अन्तर बैंक एटिएम कारोबारमा अब शुल्क तोकिने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिालो त्रैमासिक समीक्षा गर्दै उक्त व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले समीक्षा सार्वजनिक गदै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतिय भुक्तानी विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने बताए ।

हाल नीतिगत व्यवस्था गरेको र शुल्क निर्धारण भने सम्बन्धीत विभागले कार्यविधि बनाएर लागू गर्ने उनले बताए ।

यसैगरी, राष्ट्र बैंकले सेयर धितो कर्जामा समेत पुनर विचार गर्ने भएको छ । व्यक्तिगत अधिविकर्ष कर्जा, शेयरधितो कर्जा तथा रियलस्टेट कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने जारी मौद्रिक नीतिको समक्षिामा उल्लेख गरिएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाबाट विदेशी मुद्रामा ऋण स्वदेशी मुद्रामा तिर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

4640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका