नेपाल राष्ट्र बैंकले केराउ, सुपारी , मरिच र छोकडाको आयातमा थप कडाई गरेको छ । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै उद्योगले औद्योगिक प्रायोजनको लागि यी वस्तु आयात गर्दा पनि अनिवार्य रुपमा नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको हो ।
नेपाल सरकारले नेपाल राजपत्रमा फागुन २६ गते सूचन प्रकाशन गरेर केराउ, सुपारी र मरिच औद्योगिक प्रयोजनको लागि उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफै आयात गर्न सक्ने गरि आयात खुलाएको थियो । त्यस अघि यी वस्तुको आयात बन्द गरिएको थियो ।
तर अब राष्ट्र बैंकले उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफैले यी वस्तु आयात गर्दा पनि नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको हो। राष्ट्र बैंकले औद्योगिक प्रयोगमा उपयोग हुने सुपारी, केराउ, मरिच र छोकडामा विदेशी मुद्रा सटहीको सुविधा दिन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
यस्तो छ राष्ट्र बैंकको निर्देशन :