जोडिनुहोस
आइतवार, फाल्गुन १८, २०८१
आइतवार, फाल्गुन १८, २०८१
  • होमपेज
  • भाइरल वडा अध्यक्ष रिजालको घरमा बालेनको लन्च मिटिङ

भाइरल वडा अध्यक्ष रिजालको घरमा बालेनको लन्च मिटिङ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरूसँगको छलफल थालेका छन् । सोहि क्रममा शनिवार शाहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् । रिजालकै घर बालाजुमा भेट्न पुगेका शाहले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा सुझाव मागेका थिए । शाहले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।

कलाकार अर्जुन घिमिरे (पाँडे)सँगै रिजालको निवास पुगेका शाहले झन्डै दुई घन्टा बिताएका थिए । लन्च सहितको सो मिटिङमा रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै मेयरलाई सघाउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । यस्तै उनले आफुले पार्टीभन्दा माथि उठेर मेयरका जनमुखी र जायज अभियानमा सहयोग गर्ने बताए ।

रिजालले भने, ‘नगर प्रमुखज्युसँग छलफल भएको हो ,महानगरपालिका केन्द्रित छलफल भयो ।’ यस्तै भेटमा सहभागी पाँडेले भने जनप्रतिनिधिहरूसँग परामर्श गर्ने नीतिअनुसार आजको भेटघाट भएको बताए ।

महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषयमा​ बालेनलाई सम्झाउँदाको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर रिजालले भने आफु समग्र महानगरको विकासको पक्षमा रहेको र महानगरपालिकाको सञ्चालन प्रक्रियामा टेकेर काम हुनुपर्छ मात्र भनेको बताउँदै आएका छन् ।

3370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका