जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सनराइज बैंकले अध्यक्षमा दाबीे र सिनियर पदमा बढुवा गरेपछि लक्ष्मी झस्कियो

सनराइज बैंकले अध्यक्षमा दाबीे र सिनियर पदमा बढुवा गरेपछि लक्ष्मी झस्कियो

सञ्चालक समितिमा लामो समयदेखि टकरावले कमजोर बनेको सनराइज बैंक लक्ष्मी बैंकसँग मर्ज (एकापसमा गाभिन) मा जाने तयारी गरे पनि मर्जपछि बैंकको अध्यक्ष हुन मोतीलाल दुगडले दाबी पेस गरेका छन्। दुगडले अध्यक्षको दाबी गरेपछि लक्ष्मी बैंक सशंकित भएको छ।

यतिमात्र होइन, सनराइज बैंकले सिनियर कर्मचारीमा पनि बढुवा गरेको छ। आगामी जेठ १२ भित्र मर्जको अन्तिम हस्ताक्षर गर्ने सहमति दुई बैंकबीच भए पनि सनराइजले एक डेपुटी सिइओ पनि थपेको छ।

यसअघि आरती राणालाई डेपुटी सिइओ बनाएको सनराइजले अहिले अपछ यादवलाई डिजिएमबाट बढुवा गर्दै डेपुटी सिओमा बढुवा गरेको हो।

त्यस्तै चिफ म्यानजेर रहेका ईश्वर पाठकलाई एजिएममा बढुवा गरिएको छ। सिनियर म्यानेजरमा रहेका दीलिप मैनालीलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ।

सनराइजले झन्डै ५ सय कर्मचारीको तीन साताअघि बढुवा गरेको हो। कर्मचारी बढुवा सामान्य प्रक्रिया भए पनि मर्जपछि सिनियर कर्मचारी व्यवस्थापनमा समस्या हुने भन्दै लक्ष्मीले उनीहरूलाई ‘गोल्डेन ह्यान्डसेक’ गरेर बिदाइ गर्ने सर्त सनराइजलाई राखेको छ। यही बेला त्यही पदमा बढुवा गरेपछि लक्ष्मी बैंक झस्किएको हो।

लक्ष्मी र सनराइज मर्जपछि नयाँ बन्ने बैंकको अध्यक्ष लक्ष्मीका तर्फबाट हुने सहमति भए पनि अहिले मोतीलाल दुगडले अध्यक्षमा आफ्नो दाबी रहेको मौखिक जानकारी लक्ष्मीमा पठाएका छन्।

लक्ष्मीका अध्यक्ष रमण नेपालको ६ महिनापछि कार्यकाल सकिन पनि लागेको मौका पारेर दुगडले आफू अध्यक्ष हुनुपर्ने नयाँ सर्त अघि सारेका हुन्। रमण नागरिक लगानी कोषका कार्यकारी निर्देशक हुन्।

सम्बद्ध स्राेतका अनुसार सनराइजले मर्जमा जाने तयारी भइरहेका बेला नयाँ सर्त राख्न थालेको हाे। लक्ष्मी पहिलाकाे सर्तअनुसार मर्जका लागि अगाडि बढिरहेकाे छ। तर, सनराइजले नयाँ सर्त राखिरहेका कारण बैठक पनि बस्न सकिरहेको छैन भने निर्णय पनि गर्न सकिरहेको छैन।

समझदारीपत्र (एमओयु) बाहिर गएर सर्त राख्न थालेपछि दुई बैंकबीच मर्ज नहुने सम्भावना बढेको छ।

सनराइजमा पछिल्लो चार वर्षदेखि बोर्ड र व्यवस्थापनबीच समस्या छ। यही समस्याका कारण त्यहाँ बोर्ड बैठक पूर्णसदस्यहरूबीच पनि बस्न सकेको छैन।

दुगडले राख्ने बैठकमा बोर्ड सञ्चालकहरू मालचन्द दुगड, बच्चाराज तातेर र शैलेन्द्र गुरागाईं सहभागी भइरहेका छैनन्।

सनराइजमा सञ्चालकबीचको झगडाले दुइर् वर्षदेखि एकजना स्वतन्त्र सञ्चालक पनि नियुक्त हुन सकिरहेको छैन।

1290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका