जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • सूर्या लाइफ इन्स्योरेन्सको “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मुलक कार्यक्रम” भव्यताका साथ सम्पन्न

सूर्या लाइफ इन्स्योरेन्सको “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मुलक कार्यक्रम” भव्यताका साथ सम्पन्न

सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्र्रदेशमा “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पे्ररणा मुलक कार्यक्रम” एक भव्य समाहरोको आयोजना गरी करिब २०० भन्दा बढी आभिकर्ताहरु माझ सम्पन्न गरेकोछ । प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको उत्साहजनक सहभगिता रहेको थियो ।
प्रदेश प्रमुख, किरण गौतम ज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनी ज्यूहरुले आफ्ना सफलताका शुत्रहरु अभिकर्ताहरु माझ साट्नुभएको थियो ।

सूर्या लाइफको “मेरो पहिलो पोलिसी” अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतज्यूले सम्मान गर्नुभयो । साथै उपस्थित अभिकर्ताहरुलाई उत्प्रेरणामुलक सन्देश तथा उपलब्धिमुलक प्रशिक्षण दिनु भयो । बीमितहरुको सेवालाई प्रथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय अवश्य बृद्धि हुने भन्नु भयो ।

अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएको र उहाँहरु मार्फत नै आम जनतामा कम्पनीको सेवा तथा सुविधा पुर्याउन सहज भएको बताउनु भयो । समयको सही सदुपयोग, मेहनत र लगनशीलताका साथ अघि बढेमा सफलता सुनिश्चित रहेको जानकारी पनि गराउनु भयो । उक्त कार्यक्रमबाट अभिकर्ताहरुले नयाँ जोस, जाँगर र थप हौसला प्राप्त गरेको कुरा व्यक्त गरे ।

6095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका