जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राजपत्रको भाषा सच्याएर प्रकाशित, वैशाख १३ अगाडि एलसी खोलिएका गाडीको जाँचपास हुने

राजपत्रको भाषा सच्याएर प्रकाशित, वैशाख १३ अगाडि एलसी खोलिएका गाडीको जाँचपास हुने

सरकारले वैशाख १३ गते अगाडि एलसी खोलेका गाडी ल्याउन पाउने प्रावधानसहित राजपत्र प्रकाशित गरेको छ। सरकारले असार ३१ गते प्रकाशित राजपत्रमा भएको भाषागत त्रुटी सच्याउँदै वैशाख १३ गते अगाडि एलसी खोलिएका गाडीको ल्याउन पाउने उल्लेख गरेको छ। यो राजपत्र प्रकाशित भएपछि भन्सारमा रहेका ८५० गाडी जाँचपासको बाटो खुलेको छ।

उक्त राजपत्रमा असार ३१ गतेको राजपत्रले पैठारीमा बन्देज लगाइएका मालवस्तु वैशाख १३ गते भन्दा अगाडि बैंकिङ माध्यमबाट आयातको प्रक्रिया सम्पन्न भई सकेको हकमा त्यस्ता मालवस्तु आयात गर्न बाधा नपर्ने निर्णय गरिएको छ।

नाडा अध्यक्ष ध्रुव थापाले ४ अर्ब ७० करोड बराबरको ८ सय ५० वटा गाडी जाँचपास भएर बजारमा बिक्रीका लागि आउने जानकारी दिए।

4385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका