जोडिनुहोस
शुक्रबार, बैशाख १२, २०८२
शुक्रबार, बैशाख १२, २०८२
  • होमपेज
  • कामना सेवा विकास बैंकका शाखामा सार्वजनिक शौचालय

कामना सेवा विकास बैंकका शाखामा सार्वजनिक शौचालय

कामना सेवा विकास बैंकले काठमाडौं महानगरपालिका भित्र रहेका शाखाहरुमा रहेका सौचालयलाई सार्वजनिक सौचालयको रुपमा प्रयोग गर्न दिने भएको छ । बैंक र महानगरपालिकाबीच बैंकका ८ वटा शाखा कार्यालयहरुका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने गरी सम्झौता भएको हो ।

नगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाौं महानगरको आह्वान अनुरुप कामना सेवा विकास बैंकले आफ्नो एक्यबद्धता जनाएको हो ।

बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्नेछ ।

कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बसनेतले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने निती अनुरुप बैंकले पनि एक्यबद्धता जनाएको बताए ।

4685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका