जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • आयातमा लगाईएको नगद मार्जिनको व्यवस्था खारेज

आयातमा लगाईएको नगद मार्जिनको व्यवस्था खारेज

नेपाल राष्ट्र बैंकले आयातमा लागु गरिएको नगद मार्जिनको ब्यबस्था खारेज गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक निर्देशन जारी गर्दै आयातमा लागु गरिएको नगद मार्जिनको व्यवस्था खारेज गरेको जनाएको हो ।

विभागले राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०७८ को इ.प्रा. परिपत्र : ०१ / २०७८ को दफा १.१७ लाई खारेज गरेको हो । उक्त दफामा आयात गर्दा नगद मार्जिन राख्नु पर्ने ब्यबस्था थियो ।

राष्ट्र बैंक नेपालमा वैदेशिक मुद्राको संचितकम भएको भन्दै आयातलाई निरुत्साहित गर्न ले गत वर्ष माघ २६ गते  आयातमा नगद मार्जिनको व्यवस्था ल्याएको थियो ।

4750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका