जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • कामना सेवा बैंकको केएस आइ मोबाइलमा अब नेपाल पे क्युआर उपलब्ध

कामना सेवा बैंकको केएस आइ मोबाइलमा अब नेपाल पे क्युआर उपलब्ध

कामना सेवा विकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे क्युआर लाई आफ्नो मोबाईल बैंकिङ्ग केएस आइ मोबाइलमा एकीकृत गरिएको छ ।

बैंकले मिति २०७९ साल आषाढ ९ गते बिहीबारबाट नेपाल पे क्युआर का  मर्चेन्टहरुलाई केएस आइ मोबाइलको क्युआर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ्ग एप अपडेट गरेको छ ।

यससँगै कामना सेवा विकास बैंक, नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । यो सहकार्य सँगै कामना सेवा विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैकिङ्ग एपमा उपलब्ध क्युआर पेमेन्ट प्रयोग गरी नेपाल पे क्युआरका मर्चेन्टहरुलाई रकम भुक्तानी गर्न सक्नेछन् ।

4475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका