जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • युनाईटेड फाईनान्सको २५ औं बार्षिक साधारण सभा सम्पन्न

युनाईटेड फाईनान्सको २५ औं बार्षिक साधारण सभा सम्पन्न

युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सभा २९ पोैष २०७६, कार्की बैकंट, बबरमहल, काठमाडौंमा कम्पनिका अध्यक्ष श्री वसन्त कुमार चौधरीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो । वसन्त कुमार चौधरीले प्रस्तुत गर्नु भएको कम्पनीको आ.व.२०७५।७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारण सभाबाट पारित भयो ।

उक्त साधारण सभाले कम्पनीको आ.व.२०७५।७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्नुका साथै गत आ.व. को मुनाफाबाट शेयरधनिहरुलाई ७.५२% नगद लाभाशं तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्विकृत गरेको छ ।

सोहि साधारण सभाबाट आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त ५ सञ्चालक पदमा वसन्त कुमार चोेैधरी, राहुल ईन्फ्रास्ट्रक्चर प्रा. लि. (प्रतिनिधि रोशन अधिकारी), एम. ए. डव्लु इन्टरप्राइजेज प्रा. लि. (प्रतिनिधि विष्णु कुमार अग्रवाल), वेनी गोपाल मुन्दडा, तथा मनिष कुमार खेमकालाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचन गरियो ।

गत आ.व. मा कम्पनीले रु. ६ अर्ब ५५ करोड निक्षेप संकलन गरि सो अवधिमा विभिन्न क्षेत्रमा रु. ६ अर्ब १४ करोड कर्जा लगानी गरी संचालन मुनाफा रु. १८ करोड ०५ लाख र खुद मुनाफा रु. ९ करोड ९९ लाख आर्जन गरेको छ । त्यस्तै फाइनान्सले खराब कर्जा ०.५७ प्रतिशत कायम राख्न सफल भएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिगं सेवा प्रदान गर्दै आईरहेको छ । हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ ।

7440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका