जोडिनुहोस
मङ्लबार, माघ २१, २०८२
मङ्लबार, माघ २१, २०८२
  • होमपेज
  • प्रभु इन्स्योरेन्सको वार्षिक साधारणसभा असार २८ मा

प्रभु इन्स्योरेन्सको वार्षिक साधारणसभा असार २८ मा

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा असार २८ गते हुने भएको छ। कम्पनीको असार १२ को संचालक समिति बैठकले उक्त मितिमा साधारणसभा डाक्ने निर्णय गरेको हो।

सभा कम्पनीको केन्द्रिय कार्यालय प्रभु कम्प्लेक्स तिनकुनेमा बिहान ११ बजे हुने तय भएको कम्पनीले जनाएको छ।

सभामा कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी विशेष प्रस्तावमा लैजाने भएको छ।

चलअचल सम्पति तथा दायित्व मूल्यांकन गर्नका लागि भ्यालुएटर (मूल्यांकनकर्ता) नियुक्त तथा उसको पारिश्रमिक निर्धारण गर्ने लगायत मर्जर तथा प्राप्ति सम्बन्धी अन्य आश्यक सम्पूर्ण प्रकिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा लगिने जनाइएको छ।

साथै, सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गर्ने भएको छ। असार १९ सम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ।

4630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका