जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कुमारी बैंकका ग्राहकलाई नेपाल ल्याब हाउसमा २५ प्रतिशतसम्मको छुट

कुमारी बैंकका ग्राहकलाई नेपाल ल्याब हाउसमा २५ प्रतिशतसम्मको छुट

कुमारी बैंक लिमिटेडले नेपाल ल्याब हाउससँग सम्झौतागरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले यो व्यवस्था गरेको हो ।

सम्झौता–पत्रमा कुमारी बैंकका मार्केङ्ग प्रमुख नवीन मुनि बज्राचार्य तथा नेपाल ल्याब हाउसका तर्फबाट प्रबन्ध निर्देशक बिदुर प्रसाद वस्तीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता–पत्र अनुसार नेपाल ल्याब हाउसका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४६ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

5595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका