जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • मोटर बीमा गर्नेहरु बढेसँगै कुल बीमाशुल्क ३१.२० प्रतिशतले बढ्यो

मोटर बीमा गर्नेहरु बढेसँगै कुल बीमाशुल्क ३१.२० प्रतिशतले बढ्यो

पछिल्लो समय मोटर बीमा गर्नेहरुको संख्या बढेको छ । गत असोज महिनाको तुलनामा कात्तिक महिनामा मोटर बीमा गर्नेहरुको संख्या बढेको हो । यससँगै कल बीमा शुल्क पनि ३१.२० प्रतिशतले बढेको छ ।

बीमा प्राधिकरणका अनुसार गत असोज महिनामा मोटर बीमा गर्ने कम्पनीहरुले चार लाख १४ हजार २७५ बीमालेख बिक्री गरेका थिए । जसबाट ३ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन भएको थियो । तर, कात्तिक महिनामा भने ती कम्पनीहरुले ५ लाख ७३ हजार ०३५ बीमालेख बिक्री गरी ४ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्रदेशगत बीमाशुल्क आर्जनको अवस्था हेर्दा कात्तिकमा सबैभन्दा बढी मोटर बीमाशुल्क आर्जन बागमती प्रदेशबाट भएको छ । यस अवधिमा बागमती प्रदेशबाट दुई अर्ब ३८ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ । उक्त प्रदेशमा विभिन्न कम्पनीहरुले यस अवधिमा दुई लाख ७६ हजार ४३४ बीमालेख बिक्री गरेका थिए ।

त्यसैगरी मोटर बीमाबाट सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा कर्णाली प्रदेश रहेको छ । उक्त प्रदेशमा ७ हजार ९६६ बीमालेख बिक्री गरी ६ करोड १७ लाख ७० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

1770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका