जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कुमारी बैंक लिमिटेडद्धारा बाढी पिडितलाई सहयोग

कुमारी बैंक लिमिटेडद्धारा बाढी पिडितलाई सहयोग

केहीदिन देखिको लगातार वर्षाको कारण देशको विभिन्न भागमा बाढी–पहिरोले पु¥याएको जनधनको क्षति एवं विनाशले कुमारी बैंक लिमिटेड स्तब्ध भएको छ ।

यस विपतमा आत्मबललाई उच्च राखी विपतसंग सामना गर्नु पर्ने अवस्था रहेको र विपतमा गरिने सानो सहयोगले पनि पीडितजनलाई ठुलो राहत हुने भएकोले कुमारी बैंक लि.ले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रमा बाढी र पहिरोले प्रभावित जन समुदायलाई सहयोग स्वरुप पीडितजन समुदायकालागि ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिलाहरू तथा शिशुहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीका साथै अत्यावश्यक औषधीहरू प्रदान गरेको छ ।
उक्त राहत सामाग्री कुमारी बैंक लि., मेलम्ची शाखाका शाखा प्रमुख बिनोद भक्त श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याललाई हस्तान्तरण गर्नुभयो ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण तथा सम्पदा लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

12580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका