जोडिनुहोस
आइतवार, माघ ५, २०८२
आइतवार, माघ ५, २०८२
  • होमपेज
  • एनएमबिको नाफामा ४८%ले सुधार

कर्पाेरेट

एनएमबिको नाफामा ४८%ले सुधार

एनएमबिको नाफामा ४८%ले सुधार

एनएमबि बैंकले ४८.०५ प्रतिशलते नाफा बढाएको छ। गत आर्थिक वर्षको नाफाबाट सर्वाधिक लाभांश बाड्न सफल एनएमबिले तीन महिनामै ८१ करोड ५१ लाख रुपैयाँ नाफा गरेको हो।

निक्षेप र कर्जा लगानीमा सन्तुलन कायम गरेको बैंकले खुद व्याज आम्दानी २५ प्रतिशतले बढाएको छ। तीन महिनाको अवधिमा बैंकले एक अर्ब २२ करोड रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल बैंकले गत वर्ष ९७ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको थियो।

असार यता निक्षेप संकलन २४.६४ प्रतिशतले निक्षेप बढाउदा कर्जा विस्तार पनि २४.७७ प्रतिशतले बढाएको छ। तीन महिनाको अवधिमा एक अर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकले पछिल्लो समय जलविद्युत कम्पनी, विभिन्न आयोजना तथा कृषि क्षेत्रमा कर्जा विस्तार गरिरहको छ।

पुँजी कोष अनुपात १५.८१ प्रतिशत छ। कर्जा विस्तारसँगै खराव कर्जा ०.७६ प्रतिशतबाट १.०७ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशिका अनुसार स्प्रेडदर गणना गर्दा ३.७८ प्रतिशतबाट ४.१२ प्रतिशत छ।

प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार गर्दै २६ रुपैयाँबाट ३२ रुपैयाँ पुर्याएको हो।

6420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?