जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ज्योति विकास बैंकको ज्योति रिकरिङ्ग खाता संचालनमा

ज्योति विकास बैंकको ज्योति रिकरिङ्ग खाता संचालनमा

ज्योति विकास बैंकले ज्योति रिकरिङ्ग डिपोजिट निक्षेप योजना संचालनमा ल्याएको छ। ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदर सहितको ज्योति रिकरिङ्ग खाता संचालनमा ल्याइएको हो।

उक्त योजना अन्तर्गत ग्राहकहरुले आवश्यकता अनुसार १ वर्ष देखि १० वर्ष सम्मका लागी मासिक रुपमा रकम जम्मा गर्न सक्नेछन्। व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस खातामा मासिक रुपमा न्यूनतम पाँस सयका दरले क्रमिकरुपमा रकम जम्मा गर्दै जान सकिनेछ ।

नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, साना उद्यमी व्यवसायी, निश्चित आम्दानी भएका कृषक, रेमिटान्स प्राप्त गर्ने ग्राहक, नवविवाहित दम्पति, युवायुवतीहरु, अभिभावक वर्गहरुले भविष्यमा एकमुस्ट रकम प्राप्त गर्नको लागी मासिक रुपमा चाहेको निश्चित रकम नियमित रुपमा जम्मा गरि तोकिएको समय व्यतित भए पश्चात एकमुस्ट भुक्तानी लिन सक्नेछन्। साथै, आवश्यक परेको खण्डमा मौज्दातको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ।

1260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका