जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • जेठसम्म ६ खर्ब बढीको नोट चलनचल्तीमा

जेठसम्म ६ खर्ब बढीको नोट चलनचल्तीमा

नेपाल राष्ट्र बैंकका अनुसार जेठसम्ममा ६ खर्ब बढीको नोट चलनचल्तीमा रहेको छ। जेठसम्ममा ६ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँको नोट चलनचल्तीमा रहेको छ।

बैशाखसम्ममा ६ खर्ब २३ अर्ब रुपैयाँका नोट चलन चल्तीमा रहेका थियो। बैशाखको तुलनामा भने जेठमा यस्तो चलनचल्तीमा रहेको नोट करिब १४ अर्बले घटेको हो।

गत आर्थिक वर्षको अन्तिमसम्ममा ६ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो। असोजमा यस्तो रकम बढेर ७ खर्ब माथि पुगेको थियो भने पुसमा ६ खर्ब रुपैयाँमा झरेका थियो। सो पश्चात चलन चल्तीमा रहेको पैसा पुनः बढ्न थालेका थियो। चैतसम्ममा ६ खर्ब ११ अर्ब रुपैयाँका नोट चलन चल्तीमा थियो।

चलन चल्तीमा रहेको नगद मौज्दात बढ्नुले आर्थिक कृयाकलाप बढ्न थालेको संकेत गर्छ। जेठमा भने यस्तो नगद प्रवाह केहि घटेको देखिन्छ। केन्द्रीय बैंकका अनुसार अहिले बजारमा १, २, ५, १०, २०, २५, ५०, १००, ५००, १००० रूपैयाँ दरका नोट चलन चल्तीमा छन् । राष्ट्र बैंकले चलन चल्तीमा देखाएको रकम व्यक्ति, संस्था वा बैंक तथा वित्तीय संस्थामा भएको कुल नगद हो ।

740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका