जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सिभिल बैंकका ग्राहकलाई पोखराको चरक मेमोरियल हस्पिटलमा २०% सम्म छुट, यी सेवामा हुनेछ सहुलियत

सिभिल बैंकका ग्राहकलाई पोखराको चरक मेमोरियल हस्पिटलमा २०% सम्म छुट, यी सेवामा हुनेछ सहुलियत

सिभिल बैंकका ग्राहकले पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

बिहीबार सिभिल बैंक लिमिटेड र पोखराको चरक मेमोरियल हस्पिटलबीच बैंकका ग्राहकहरुका लागि २० प्रतिशतसम्मम छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर केसी र हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मीले सम्झौतामा हस्ताक्षर गरेका छन। उक्त सम्झौताअनुसार फार्मेसीमा ५%, ल्याब/बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १०% र होल बडी चेकअपमा २०% छुट पाइनेछ।

छुट सुविधा लिनका लागि ग्राहकहरुले हस्पिटलको बिलको भुक्तानी सिभिल बैंकको मोबाइल बैंकिङ एपमार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने हुन्छ। यसका साथै आगामी दिनहरुमा बैंक र हस्पिटलको संयुक्त पहलमा पोखराका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशका प्रमुख समीर केसीले बताए।

सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरु छन्। ९९ वटा एटीएम छन्। बैंकले हालसम्म ९२ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ८८ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेको छ।

5235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका