जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको साधारण सभा फागुन ११ गते हुदै

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको साधारण सभा फागुन ११ गते हुदै

लाइफ इन्स्योरेन्स कर्पोरेशन ( नेपाल) लिमिटेडले १९औं वार्षिक साधारण सभा फागुन ११ गते गर्ने भएको छ । सभा एलआईसी शिक्षालय हल नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे शुरु गर्ने जानकारी गराएको हो । सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । 

त्यसैगरी आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रकि निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साथै संस्थापक शेयरधनीहरुको स्वामित्व १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारीत गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २४ गते देखि फागुन ११ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको हो । यस अनुसार माघ २३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कोरोना महामारीका कारण साधारण सभा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ । 

3510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका