जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बिओके सहज बचत खाता सार्वजनिक

बिओके सहज बचत खाता सार्वजनिक

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहक महानुभावहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ । ग्राहक महानुभावसगंको २५ वर्षसम्म निरन्तर सहयात्राको शुभ अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको छ । “२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खाता ग्राहक महानुभावहरुले मात्र रु २५ मा नै खोल्न सक्नुहुनेछ । उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेका छन ।

साथै, अन्य ग्राहकमुखी विशेषताहरु सहित संचालनमा ल्याएको उक्त खाताले ग्राहक महानुभावहरुको जीवन अझ सहज बनाउने बिश्वास बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

8810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?