जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको दोस्रो बजारमा कारोबार रोक्का

प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको दोस्रो बजारमा कारोबार रोक्का

मर्जरको सहमति गरेका प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको आजदेखि दोस्रो बजारमा कारोबार रोक्का गरिएको छ । यि दुई कम्पनीले हिजो अपरान्ह साढे ४ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जरको सहमति सँगै दुबै कम्पनीले नेपाल स्टक एक्सचेन्जमा कारोबार रोक्का गरिदिन पत्राचार गरेका छन् । यि दुई कम्पनी सँगै अव दोस्रो बजारमा चार वटा निर्जीवन बीमा कम्पनी र ५ वटा जीवन बीमा कम्पनीको कारोबार रोक्का भएको छ । हाल दोस्रो बजारमा १२ वटा जीवन र १८ वटा निर्जीवन बीमा कम्पनी सूचिकृत छन् । ३० कम्पनी मध्ये ९ कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ ।

अझै अन्य बीमा कम्पनीहरु पनि मर्जरको प्रकृयाँमा रहेका यस्तो संख्या अझै बढ्नेछ । नेपाल धितोपत्र बोर्डले मर्जरको सहमति गरेका कम्पनीको कारोबार रोक्का गर्ने कुनै नियम नभएको भन्दै साउन पछि नेपाल राष्ट्र बैंक सँग छलफल गरेर यस विषयमा नयाँ व्यवस्था गर्ने बताउदै आएको छ । नेपाल राष्ट्र बैंकले मर्जर प्रकृयाँमा जाने बैंक तथा वित्तीय संस्थाको शेयर कारोबार रोक्का गर्ने व्यवस्था गरे पनि बीमा समितिको कुनै पनि नियममा यस्तो व्यवस्था छैन । साथै नेपाल धितोपत्र बोर्डको पनि कुनै पनि कानुन छैन ।

2880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका